विदेशमा नेपाली
विदेशमा एक्लोपन र घरको सम्झना: खाडी, मलेसिया र कोरियामा मानसिक स्वास्थ्य
लामो ड्युटी, साझा कोठा, ऋण, परिवारसँग दूरी र बच्चाको जन्मदिन छुट्नु। विदेशमा मन भारी हुनु साधारण कुरा हो, तर लामो समय रहे सहयोग चाहिन्छ।
छोटो उत्तर
- घरको सम्झना स्वाभाविक हो; दुई हप्ताभन्दा बढी उदासी, निद्रा नलाग्ने वा रक्सी बढेमा सहयोग लिनुहोस्।
- नियमित निद्रा, परिवारसँग दैनिक कुराकानी र साथीसँग भेटघाटले मन जोगाउँछ।
- नेपालीमै अनलाइन परामर्श लिन सकिन्छ; तपाईंको देशको समयमा।
किन कठिन हुन्छ?
- लामो समय, तातो मौसम वा राति सिफ्ट
- भाषा, संस्कृति र एक्लोपन
- ऋण, पैसा पठाउनु पर्ने दबाब
- परिवारका चाडपर्व, बिरामी वा मृत्युमा उपस्थित हुन नसक्नु
- कार्यस्थलमा व्यवहार वा कागजातको चिन्ता
मन जोगाउने उपाय
- सुत्ने र उठ्ने समय स्थिर राख्नुहोस्
- परिवारसँग दैनिक छोटो भिडियो कुराकानी
- साथी वा समुदायसँग हप्तामा एक-दुई पटक भेट
- पैसा र खर्चको योजना बनाउनुहोस्
- व्यायाम वा हिँडाइ, घाममा निस्कनु
- रक्सी र अत्यधिक सामाजिक सञ्जाल नियन्त्रण गर्नुहोस्
खाडीका कामदारका लागि विशेष लेख अंग्रेजीमा छ।
चेतावनीका संकेत
- दुई हप्ताभन्दा बढी उदासी र रुचि हराउनु
- निद्रा नलाग्ने, खाना नरुच्ने
- दैनिक रक्सी वा लागूपदार्थ
- आफूलाई हानि गर्ने विचार
- काममा ध्यान नदिन सक्ने र दुर्घटनाको जोखिम
- शंका वा आवाज सुनिने
अनलाइन परामर्श कसरी?
व्हाट्सएपमा सन्देश पठाउनुहोस्। तपाईंको देश र समय अनुसार समय मिलाइन्छ। ड्युटीको समयसँग नझिक्किने समय मागेर राख्न सकिन्छ। कतिपय अवस्थामा नेपालमा परिवारका सदस्यले बुकिङ वा भुक्तानीमा सहयोग गर्न सक्छन्।
आपत्कालीन अवस्थामा
आफ्नो देशको आपत्कालीन नम्बर टिपेर राख्नुहोस्। नेपाल दूतावास वा कामदार सहयोग केन्द्रको सम्पर्क पनि राख्नु उचित छ। आफूलाई हानि गर्ने विचार तीव्र भए अहिल्यै स्थानीय आकस्मिक सेवामा सम्पर्क गर्नुहोस्।
विदेशमा हुनुहुन्छ? अनलाइन परामर्श
खाडी, मलेसिया, कोरिया, जापान, युरोप, अमेरिका वा जुनसुकै देशमा हुनुहुन्छ भने पनि नेपाली भाषामा आफ्नो कुरा राख्न सक्नुहुन्छ। गुगल मिट वा व्हाट्सएप भिडियोबाट परामर्श हुन्छ, र तपाईंको देशको समय अनुसार समय मिलाइन्छ। नेपालमा रहेका परिवारका सदस्यले बुकिङमा सहयोग गर्न सक्छन्। औषधि चाहिएमा तपाईं बस्ने देशको नियम अनुसार त्यहाँका चिकित्सकसँग समन्वय गर्न सकिन्छ। आफ्नो देशको आपत्कालीन नम्बर टिपेर राख्नुहोस्। देश अनुसार जानकारी हेर्नुहोस्।
बारम्बार सोधिने प्रश्न
घरको सम्झना सामान्य हो?
हो। तर लामो समय निद्रा र मुडमा असर गरे उपचार चाहिन्छ।
काम गरेको कम्पनीले थाहा पाउँछ?
होइन। तपाईंको सहमतिबिना कुनै जानकारी साझा गरिँदैन।
परिवारलाई चिन्ता नदिने भनी लुकाउँदा?
लुकाउँदा समस्या बढ्न सक्छ। परामर्शमा खुलेर कुरा गर्न सकिन्छ; परिवारलाई कति भन्ने निर्णय तपाईंको।
कुन देशमा पनि परामर्श हुन्छ?
हो। खाडी, मलेसिया, कोरिया, जापान, युरोप, अमेरिका, अस्ट्रेलिया लगायत धेरै देशका नेपालीले अनलाइन सेवा लिन सक्छन्।
कति खर्च लाग्छ?
परामर्श सहितको छोटो कन्सल्टेसन रु. १,५००, पूर्ण परामर्श सत्र रु. २,०००, CBT/ERP/सिस्टेमेटिक डिसेन्सिटाइजेसन रु. २,५००। बुकिङ गर्दा पुष्टि गरिन्छ।
औषधि चाहियो भने?
तपाईंको देशको नियम अनुसार स्थानीय चिकित्सकसँग समन्वय गरिन्छ।
यो लेख सामान्य जानकारी मात्र हो र चिकित्सकको सल्लाहको विकल्प होइन। आफ्नो वा अरू कसैको सुरक्षाबारे चिन्ता लागे तुरुन्तै चिकित्सकीय सहयोग लिनुहोस्।
आपत्कालीन अवस्थामा: प्रहरी १०० · एम्बुलेन्स १०२ · आत्महत्या रोकथाम हेल्पलाइन ११६६। नेपाल बाहिर भए आफ्नो देशको आपत्कालीन नम्बरमा फोन गर्नुहोस्।